विराटनगर । बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
सोमबार दिउँसो बाजुराको हिमाली गाउँपालिका –०५, क्युडी स्थित कुवाडी–क्युडी भित्री कच्ची सडक–खण्डमा जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परेर चालकसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको छ ।
जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेको छ ।