जापानको रक्सीले लुकेको सत्य बाहिर ल्यायो : शाही

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३ साउन, २०८३
२ महिनाअघि

काठमाडौं। रास्वपा प्रवास नेपाली सम्पर्क विभाग, जापानले सांसद शाहीले फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएपछि शाहीले सामाजिक सञ्जाल फेसबुकमा व्यंग्यात्मक स्टाटस लेखेका छन्।

आइतबार जारी प्रेस विज्ञप्तिमा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग, जापानले सांसद शाहीले तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोगकर्ता तथा रास्वपाका समर्थकलाई लक्षित गर्दै अपमानजनक, असंयमित र गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएको थियो। विभागले लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाविपरीत हुने गरी अभिव्यक्ति दिएको भन्दै शाहीलाई आत्मसमीक्षा गर्न तथा सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको थियो।

उक्त विज्ञप्तिपछि शाहीले फेसबुकमा व्यंग्यात्मक शैलीमा लेखेका छन्, “जापानको रक्सी पनि कडा रहेछ, वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुरा पनि मुखबाट फुत्त निस्किएछन्। सहकारी ठगलाई ठग नै भनिएछ, गँजडी ग्याङलाई गँजडी ग्याङ नै भनिएछ, खराने ग्याङलाई खराने ग्याङ नै भनिएछ, टीओबी ग्याङलाई टीओबी ग्याङ नै भनिएछ।”

उनले त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै “आज त कन्टेन्टको कमी छैन, जति रोस्ट गर्न मन छ गर, जति स्टाटस लेख्न मन छ लेख, नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ” भन्दै अर्को व्यंग्यात्मक टिप्पणीसमेत गरेका छन्।

प्रकाशित समय: आईतबार ३ साउन, २०८३, १८:००:३६
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०