विराटनगर । सप्तरीको राजविराज कारागारमा पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन् ।
आज विहान राजविराज कारागारमा विवाद भएपछि पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
दुई-तीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको थियाे । सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको कारागारका रुपक मण्डलले बताए ।
आत्मदाहको प्रयास भएपनि च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको हुनाले कुनै क्षति नभएको छैन् ।
विवाद हुनुको कारण भने खुलाइएको छैन ।