विराटनगर । डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
धनगढीदेखि दार्चुला जाँदै गरेको जिप अमरगढी नगरपालिका– ७ खसरेखानमा आज बिहान दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र २० वर्षीय हुम लोथ्याल छन् ।
घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।