निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ साउन, २०८३
२ महिनाअघि

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को एघार महिनामा नेपालको वैदेशिक व्यापारमा निर्यातमा उल्लेख्य सुधार देखिए पनि आयातको उच्च दरका कारण व्यापार घाटा अझै बढेको छ। नेपाल राष्ट्र बैंकले यही असार २९ गते सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा कुल वस्तु निर्यात ७१.२ प्रतिशतले वृद्धि हुँदै रु. २३७ अर्ब २७ करोड पुगेको छ।

राष्ट्र बैंकका अनुसार भारततर्फको निर्यात ७२.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात २९.९ प्रतिशत बढेको छ। निर्यातमा विशेषगरी सोयाबिन तेल, पाम तेल, अलैंची, चियापत्ती, बाँसजन्य सामग्री लगायतका वस्तुको योगदान उल्लेखनीय रहेको छ। यद्यपि जिंक सिट, पार्टिकल बोर्ड, चिया, उनी गलैँचा तथा हस्तकलाका सामग्रीको निर्यातमा भने कमी आएको छ।

यता, सोही अवधिमा वस्तु आयात १५.२ प्रतिशतले बढेर रु. १,९५४ अर्ब १० करोड पुगेको छ। भारतबाट आयात ११.६ प्रतिशत, चीनबाट २१.५ प्रतिशत र अन्य मुलुकबाट १८.९ प्रतिशतले वृद्धि भएको छ। आयातमा पेट्रोलियम पदार्थ, मेसिनरी, विद्युतीय उपकरण, सवारीसाधन तथा औद्योगिक कच्चा पदार्थको हिस्सा उल्लेख्य रहेको राष्ट्र बैंकले जनाएको छ।

निर्यातमा सुधार भए पनि आयात उच्च रहँदा व्यापार घाटा १५.९ प्रतिशतले बढेर रु. १,७१६ अर्ब ८३ करोड पुगेको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८.१ प्रतिशतभन्दा सुधारिएको हो।

अर्थविद्हरूले निर्यातमा देखिएको वृद्धि सकारात्मक संकेत भए पनि व्यापार घाटा कम गर्न स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा निर्यातयोग्य वस्तुको उत्पादन विस्तारमा सरकारले थप प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित समय: शुक्रबार १ साउन, २०८३, १२:३१:२१
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०