मोरङ । मोरङकाे रंगेली नगरपालिका ६ पुरानो भन्सार टोलबाट खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका १ घर भई मोरङ पथरीशनिश्चरे नगरपालिका १ बस्ने २३ वर्षीय सम्योक वानेम फागो र सोही स्थानकी २० वर्षीया भूमिका फागो रहेका छन् ।
चेक जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुकाे साथबाट २६.५१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हाे। प्रहरीले मलद्वारमा लुकाइछिपाइ राखेको कालो प्लास्टिकको पोका बरामद गरेको थियो ।
सम्योकको साथबाट प्लास्टिकबाहेक १५ ग्राम ४४ मिलिग्राम तथा भूमिकाको साथबाट ११ ग्राम 0.७ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको हो। इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण व्यूरो विराटनगर शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।