नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ।
प्रदर्शनका कारण केहीबेर दक्षिण गेट क्षेत्रको सडकमा यातायात प्रभावित भएको थियो। त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको थियो।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।