काठमाडौं । पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहरिएका छन् । काठमाडौं जिल्ला अदालतले आज उनलाई दोषी ठहर्याएको हो ।
चन्द्रकान्त पौडेलको इजलासले आगामी ३२ गते सजाय निर्धारणका लागि पेशी तोकेको छ ।
राजेश अहिराज (राजेश झा) मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख, पत्रकार तथा मधेशवादी कार्यकर्ता हुन् ।
उनी मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक/प्रकाशक थिए र मधेश आन्दोलन तथा मधेशवादमा पीएचडी गरेका छन् ।
उनी २०७७ फागुन ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए तर केही महिनामै (शेरबहादुर देउवा सरकार बनेपछि) हटाइए ।