विराटनगर । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
अनुसन्धानका क्रममा आत्मदाह प्रयास गरेका उनले राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेर राखेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार उनले पार्किङ गरेर राखेको मोटरसाइकलमा नगर प्रहरीको टोलीले ह्विल लक गरेकोसम्म अनुसन्धानबाट खुलेको छ।
तर त्यही घटनाका कारण आत्मदाहको प्रयास गरिएको हो वा अन्य कुनै कारण थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।