विराटनगर । युरोपेली सांसदहरूले फिफाका अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न माग गरेका छन्।
अमेरिकी स्ट्राइकर फोलारिन बालोगनमाथिको विश्वकप प्रतिबन्ध हटाउने फिफाको अभूतपूर्व निर्णयलाई लिएर सांसदहरूले अनुसन्धानको माग गरेका हुन्।
उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका कारण उक्त निर्णय प्रभावित भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
विश्वकपमा अमेरिकाका सर्वाधिक गोलकर्ता रहेका बालोगनलाई जुलाई १ मा बोस्निया एन्ड हर्जगोभिनाविरुद्धको खेलमा रातो कार्ड देखाइएको थियो।
सामान्य नियमअनुसार उनले त्यसपछिको खेल गुमाउनुपर्ने थियो।तर सोमबार बेल्जियमविरुद्धको खेलअघि फिफाले उनको प्रतिबन्ध फुकुवा गरिदियो।
यो निर्णय ट्रम्पले इन्फान्टिनोसँग टेलिफोन संवाद गरेलगत्तै आएको बताइएको छ। ट्रम्प र इन्फान्टिनोबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ।