विराटनगर । प्रहरीले सुनसरीको धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिचौलियाको काम गर्ने १० जनालाई पक्राउ गरेकाे छ ।
बिरामीलाई विभिन्न निजी अस्पतालबाट सस्तोमा औषधि मिलाइदिन्छु भन्दै प्रलोभन पारेर अवैध चलखेल गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका -३ का ३७ वर्षीय सञ्जित कुमार चौधरी, राजविराज नगरपालिका -६ का २७ वर्षीया रबिना मण्डल, भोजपुरको आमचोक गाउँपालिका -८ का ३५ वर्षीय अस्त श्रेष्ठ, सुनसरी धरान उपमहानगरपालिका -१५ का २० वर्षीय सागर पोखरेल र मोरङको लेटाङ नगरपालिका -३ का २९ वर्षीय सान्बिन किराती रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान ६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी नगरपालिका ५ का ४० वर्षीय उमेश चौधरी, धरान १७ का ३५ वर्षीय धिरोज निरौला, इनरुवा नगरपालिका २ का ३१ वर्षीय रोहित महतो र धरान ११ का १८ वर्षीय बिनोद भट्टराई पक्राउ परेका छन् ।