ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ असार, २०८३
२ महिनाअघि

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा ऊर्जा उत्पादन, विद्युत प्रसारण, निर्यात, डिजिटल सेवा र सिँचाइ पूर्वाधार विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

यस अवधिमा १३८ मेगावाट विद्युत थपिएसँगै देशको कुल जडित क्षमता ४,२४२ मेगावाट पुगेको छ भने ४७२.४३२ गिगावाट घण्टा विद्युत निर्यात गरिएको छ। ऊर्जा क्षेत्रबाट ७४ करोड ५२ लाख रुपैयाँ रोयल्टी संकलन भएको मन्त्रालयले जनाएको छ।

प्रसारण पूर्वाधारतर्फ ७९ सर्किट किलोमिटर लाइन थपिएको छ भने ढल्केबर–बालगंगा, लालबन्दी–सलिमपुर, बाह्रबिसे–लप्सीफेदी र मार्कीचोक–भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न भएका छन्। साथै नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण प्रक्रिया अघि बढाइएको छ।

सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन नेपाल विद्युत प्राधिकरणले ‘एआई साथी’ च्याटबोट र ‘नो लाइट साथी’ प्रणाली सञ्चालनमा ल्याएको छ। साथै नयाँ मिटर, ट्रान्सफर्मर व्यवस्थापन र समयसीमामा आधारित सेवा प्रणाली लागू गरिएको छ।

हरित ऊर्जा प्रवर्द्धनअन्तर्गत ग्रीन हाइड्रोजन अध्ययन अन्तिम चरणमा पुगेको छ भने सौर्य, लघु जलविद्युत, विद्युतीय चुलो, बायोग्यास र सौर्य सिँचाइ पम्प विस्तार गरिएको छ। सिँचाइतर्फ थप २,९४८ हेक्टरमा सुविधा विस्तार, ३७.५ किलोमिटर तटबन्ध निर्माण तथा ७४ वटा नयाँ डिप ट्युबवेल जडानको काम अघि बढाइएको छ।

मन्त्रालयका अनुसार १०० दिनमा प्राप्त १८,७९६ गुनासोमध्ये १८,३९८ गुनासो फर्छ्योट गरिएको छ। आगामी दिनमा ऊर्जा उत्पादन, विद्युत निर्यात, हरित ऊर्जा र सिँचाइ पूर्वाधार विस्तारलाई अझ तीव्रता दिने प्रतिबद्धता मन्त्रालयले जनाएको छ।

प्रकाशित समय: आईतबार २१ असार, २०८३, १५:५२:०१
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०