विराटनगर । चक्लेटको प्याकेटभित्र लुकाएर अवैध रूपमा लागूऔषध गाँजा नेपाल भित्र्याउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
थाइल्याण्डको बैंककबाट नेपाल ल्याउने क्रममा श्चिम बंगाल घर भएका ५७ वर्षीय हरि क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
विमानस्थलमा उनको लगेज सामान जाँच गर्ने क्रममा चक्लेटको प्याकेटभित्र लुकाइछिपाई ल्याइएको २ किलो ८०० ग्राम थाइल्याण्डको गाँजा फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बरामद गरिएको उक्त गाँजा थाइल्याण्डबाट नेपाल हुँदै भारतको कोलकाता लैजान लागिएको खुलेको छ ।