मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ असार, २०८३
२ महिनाअघि

विराटनगर । नेपाल प्रहरीले २०६८ सालदेखि सुरु गरेको मादक पदार्थ सेवन (मापसे) नियन्त्रण अभियानले मदिरा सेवन गरेर सवारी चलाउने प्रवृत्ति र त्यससँग सम्बन्धित दुर्घटनामा उल्लेखनीय कमी ल्याएको देखिएको छ।

ट्राफिक प्रहरीका अनुसार अभियानपछि मापसेका कारण हुने दुर्घटना ९० प्रतिशतभन्दा बढी घटेको दाबी गरिएको छ भने चिकित्सकहरूले गम्भीर टाउको चोटका बिरामी ७०–८० प्रतिशतसम्म घटेको अनुभव सुनाएका छन्।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०६९/७० देखि चालु आर्थिक वर्ष २०८२/८३ को जेठसम्म ७ लाख ६७ हजारभन्दा बढी चालक मापसे कसुरमा कारबाहीमा परेका छन्।

यसबाट ७१ करोड ४४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। यद्यपि, अझै पनि दैनिक १५० देखि २०० जना चालक मापसे गरेर सवारी चलाएको अवस्थामा कारबाहीमा पर्ने गरेका छन्।

सरकारले मापसे गर्ने चालकलाई सवारीको प्रकृतिअनुसार २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ।

विज्ञहरूले भने मापसे नियन्त्रण मात्र पर्याप्त नभई अत्यधिक गति, मोबाइल प्रयोग, कमजोर सडक पूर्वाधार, प्रभावकारी उद्धार प्रणाली र समयमै उपचारमा पनि सुधार आवश्यक रहेको बताएका छन्।

प्रकाशित समय: आईतबार २१ असार, २०८३, १५:२६:४०
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०