विराटनगर । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा आयोजना हुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।
क्यानले आज एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको हो।
आगामी जुलाई २१ देखि सुरु हुने उक्त शृङ्खलामा नेपाल, नामिबिया र आयोजक नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। त्यसअघि नेपालले जर्सी गएर अभ्यास पनि गर्नेछ ।
टोलीले विशेष अभ्यास क्याम्पसँगै दुईवटा अभ्यास एकदिवसीय खेल खेल्ने तालिका रहेको छ।