विराटनगर ।नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले मौद्रिक नीति नितान्त प्राविधिक विषय भएको बताउँदै यसलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने बताएका छन् ।
आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आयोजित छलफलमा केन्द्रीय बैंकको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान नगरे अर्थतन्त्रले सही दिशा लिन नसक्ने चेतावनी दिए।
उनले भने,‘मौद्रिक नीति संसारभर केन्द्रीय बैंकले स्वतन्त्र रूपमा निर्माण गर्छ। यसको मुख्य उद्देश्य मुद्रास्फीति नियन्त्रण गर्ने र सरकारले ल्याएको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याउने मात्र हो।’