विराटनगर । चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यान दोङ नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन सोमबार उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
मंगलबार बस्ने द्विपक्षीय बैठकको नेतृत्व नेपालको तर्फबाट अर्थ सचिव र चीनका तर्फबाट वाणिज्य उपमन्त्री यानले गर्ने बताइएको छ ।
चिनियाँ उपमन्त्री यानले अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।