विराटनगर । कीर्तिपुर स्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता प्रकरणमा इन्स्पेक्टर कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी एपीएफ स्कुलमा लेखा प्रमुखको रूपमा कार्यरत थिइन् । प्रहरीले लेखा प्रमुख गुरुङ र उनका साथी लीला लामालाई ठमेलबाट पक्राउ गरेको हो ।
विद्यालयमा भएको आर्थिक अनियमितताबारे सशस्त्रको हेड्क्वार्टरले छानबिन गरिरहेको थियो ।
सशस्त्र प्रहरीको पत्रको आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेर उनीहरूमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।