विराटनगर ।प्रहरीले गोली चलाएर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
सिरहाको नवराजपुर गाउँपालिका–४ बाट भारतको मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा गोली चलाएर प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले प्लास्टिकसहित १२२.८० ग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषध बरामद गरेको छ ।
गोली लागेर घाइते भएकालाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ ।