विराटनगर ।एमालेका पूर्वसांसद् लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीका असई थमन बिकको हत्यामा पाँच वर्षको जेल सजाय पाएका उनलाई महोत्तरीको गौशाला-५ एमाले पार्टी कार्यालय अगाडि सार्वजनिक स्थानबाट पक्राउ गरेको हो ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ ।
२०७२ भदौ २५ गते राति डिउटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्या घटनामा पूर्वसांसद कोइरीलाई ५ वर्ष जेल सजाय तोकिएको छ ।