डिजिटल सेवा, कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै रतुवामाई

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ असार, २०८३
३ महिनाअघि

मोरङ । मोरङको रतुवामाई नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ९० करोड ५ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। ‘डिजिटल सेवा, हरित विकास, उत्पादनमुखी अर्थतन्त्र र समृद्ध रतुवामाई’ भन्ने मूल नारासहित ल्याइएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, डिजिटल सेवा, रोजगार, पर्यटन तथा सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखिएको छ।

नगर प्रमुख नागेश्वर प्रसाद सिंहले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुशासन, प्रविधिमैत्री सेवा, उत्पादनमुखी अर्थतन्त्र, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा र दिगो पूर्वाधार विकासमार्फत रतुवामाईलाई समृद्ध नगरका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताए। सीमित स्रोत–साधनको प्रभावकारी परिचालन गर्दै नागरिकको जीवनस्तर उकास्ने योजनालाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।

उपप्रमुख दमयन्ता देवी चुडालले बजेट कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता, समावेशिता र जनसहभागितालाई विशेष प्राथमिकता दिइने बताइन्। महिला, बालबालिका, जेष्ठ नागरिक, युवा, दलित तथा सीमान्तकृत समुदायलाई लक्षित कार्यक्रमले समावेशी विकासलाई थप बल पुग्ने उनले उल्लेख गरिन्।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत डम्मरु बल्लभ बरालले नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनिक संयन्त्रलाई थप चुस्त, प्रविधिमैत्री र सेवामुखी बनाइने बताए। उनले डिजिटल सेवा विस्तार, पेपरलेस कार्यालय, एकद्वार सेवा प्रणाली, सूचना प्रविधिको अधिकतम प्रयोग तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर नागरिकले छिटो, सहज र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गरिने जानकारी दिए।

नगरपालिकाले आगामी वर्ष सबै वडा कार्यालयमा पेपरलेस प्रणाली, वन डोर सिस्टम, डिजिटल नागरिक बडापत्र, डिजिटल कर प्रणाली, क्लाउड सर्भर, सीसीटीभी विस्तार तथा निःशुल्क वाइफाइ सेवाको विस्तार गर्ने नीति लिएको छ।

शिक्षातर्फ स्मार्ट कक्षा, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, कृत्रिम बुद्धिमत्ता (एआई) र कोडिङ शिक्षा, उत्कृष्ट विद्यार्थीलाई मेयर शैक्षिक उत्कृष्टता छात्रवृत्ति, विद्यालयको गुणस्तर सुधार तथा ई–लाइब्रेरी स्थापना गरिने भएको छ।

स्वास्थ्य क्षेत्रमा नगर अस्पतालको स्तरोन्नति, घरदैलो जेष्ठ नागरिक स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य सेवा, नियमित स्वास्थ्य शिविर, थप एम्बुलेन्स सेवा तथा आयुर्वेद सेवाको विस्तार गरिनेछ।

कृषितर्फ डिजिटल किसान परिचयपत्र, कृषि यान्त्रीकरणमा अनुदान, जैविक खेती प्रवर्द्धन, कृषि बीमा, कोल्ड स्टोर, कृषि बजार सूचना प्रणाली, पशु स्वास्थ्य सेवा तथा पशुपालन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछन्। साथै स्टार्टअप कोष, युवा उद्यमशीलता, स्थानीय उत्पादनको ब्रान्डिङ तथा ‘मेड इन रतुवामाई ’ अभियानलाई पनि प्राथमिकता दिइएको छ।

पूर्वाधार विकासअन्तर्गत मुख्य सडक स्तरोन्नति, कृषि सडक विस्तार, पुल तथा कल्भर्ट निर्माण, स्मार्ट सडकबत्ती, सुरक्षित खानेपानी, सार्वजनिक शौचालय, पूर्ण सरसफाइ अभियान तथा पर्यटकीय क्षेत्रहरूको विकासलाई निरन्तरता दिइने नीति लिइएको छ।

नगरपालिकाले संघ, प्रदेश, आन्तरिक आम्दानी तथा विभिन्न अनुदानमार्फत कुल ९० करोड ५ लाख १६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षलाई डिजिटल सेवा, उत्पादन, रोजगारी, सुशासन र समावेशी विकासको वर्ष बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित समय: बिहिबार ११ असार, २०८३, ०९:००:४३

सम्बन्धित खबर

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१९ घण्टाअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
१९ घण्टाअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
२ दिनअघि

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
३ दिनअघि
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०