मोरङ कारागारमा अभिषेक गिरीको पक्ष-विपक्षमा प्रदर्शन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १३ असार, २०८३
३ घण्टाअघि

विराटनगर- जिल्ला कारागार मोरङका कैदीबन्दीलाई वितरण गरिएको भत्ता हिनामिना गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विषयलाई लिएर शनिबार मोरङ कारागारभित्र प्रदर्शन भएको छ।

कैदीबन्दीलाई वितरण गरिएको गर्मी भत्ताको रकम हिनामिना गरेको आरोपमा शनिबार बिहान पक्राउ परेका गिरीको पक्ष र विपक्षमा कैदीबन्दीहरूले छुट्टाछुट्टै प्रदर्शन गरेका हुन्।

Advertisement

प्रहरीले गिरीलाई शनिबार बिहान विराटनगर महानगरपालिका-८ मधुमारास्थित निवासबाट पक्राउ गरेको थियो। त्यसको केही घण्टापछि कारागारभित्र रहेका कैदीबन्दीले प्रदर्शन गरेका हुन्।

जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार बी ब्लकका कैदीबन्दीले गिरीको समर्थनमा र ए ब्लकका कैदीबन्दीले गिरीविरुद्ध प्रदर्शन गरेका छन्।

कारागारमा रहेका बी ब्लकका ५ सय ३६ जना कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँबराबर गर्मी भत्ता हिनामिना गरेको आरोप गिरीमाथि लगाइएको छ। यही घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोरङ कारागारमा तीनवटा ब्लक छन्। यहाँ अहिले १ हजार १ सय ८५ जना कैदीबन्दी छन्। उनीहरूमध्ये ए ब्लकमा ५ सय ३९, बी ब्लकमा ५ सय ३६ र महिला ब्लकमा १ सय १० जना रहेका छन्। सबै कैदीबन्दीलाई सरकारले गर्मी भत्ताबापत प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ उपलब्ध गराएको थियो।

जेल प्रशासनका अनुसार ए ब्लक र महिला ब्लकका कैदीबन्दीले भत्ता प्राप्त गरे पनि बी ब्लकका लागि छुट्याइएको १३ लाख ४० हजार रुपैयाँ वितरणको केही समयमै गायब भएको थियो। सोही घटनामा संलग्न रहेको आशंकामा गिरी पक्राउ परेका हुन्।

पक्राउ परेका गिरीले छाती दुखेको भनेपछि प्रहरीले उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरेको छ।

 

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

स्थानीय सरकारको आगमनपछि धनपालथानमा खानेपानी क्षेत्रमा छलाङ

शनिवार १३ असार, २०८३
२ घण्टाअघि

आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ

शनिवार १३ असार, २०८३
१० घण्टाअघि

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

शनिवार १३ असार, २०८३
१४ घण्टाअघि

१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स

शुक्रबार १२ असार, २०८३
१ दिनअघि

बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण

शुक्रबार १२ असार, २०८३
१ दिनअघि

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते

शुक्रबार १२ असार, २०८३
१ दिनअघि
स्थानीय सरकारको आगमनपछि धनपालथानमा खानेपानी क्षेत्रमा छलाङ
शनिवार १३ असार, २०८३
मोरङ कारागारमा अभिषेक गिरीको पक्ष-विपक्षमा प्रदर्शन
शनिवार १३ असार, २०८३
आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ
शनिवार १३ असार, २०८३
विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग केप भेर्डेको ऐतिहासिक भिडन्त
शनिवार १३ असार, २०८३
आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
शनिवार १३ असार, २०८३
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०