विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
उनीहरूले आज नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनमूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै १२ बर्षको मेहनत खेर जिम्मेवार को? जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, हामी न्याया खोज्न कहाँ जाँउ ? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन् ।