झापा । झापामा डेरामा बस्दै आएका एक जनाको चट्याङ लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको गौरीगञ्ज गाउँपालिकामा-३ स्थित सयपत्री टोलमा डेरा गर बस्ने ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् ।
भोजपुर आमचोक गाउँपालिका–९ धुम्बाना जोगेपाथर टोल निवासी उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ ।
उन गौरीगञ्ज गाउँपालिका–३ स्थित ३ सयपत्री टोलमा चन्द्रमाया श्रेष्ठको घरमा डेरा बस्दै आएका थिए ।
स्थानीयका अनुसार बिहान खेतबारीमा आली तास्ने काम गरिरहेका श्रेष्ठमाथि अचानक चट्याङ परेको थियो । जसक्रममा उनको घटनास्थलमै मृत्यु भएको हो ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि दमकतर्फ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।