विराटनगर । बाजुराको बुढीगंगामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।
बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आइतबार बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ । एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ।
उक्त बसमा ३५ जना सवार रहेका थिए । बस ब्रेक फेल भएर दुर्घटना भएको र थप अनुसन्धान भइरहेको छ।