कोशी मुख्यमन्त्री कार्यालयबाट ल्यापटप र मोबाइल गायब पारिएको आशंका !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ६ असार, २०८३
२ महिनाअघि

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी सम्पत्तिको संरक्षण तथा कर्मचारी संयन्त्रको जवाफदेहितामाथि गम्भीर प्रश्न उठ्ने गरी उजुरी परेको छ ।

कार्यालयको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सीएम’मा दर्ता गरिएको उजुरीमा जेनजी आन्दोलनका क्रममा नष्ट भएको भनिएका सरकारी सामग्रीको वास्तविक अवस्थाबारे निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।

उजुरीमा २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट नष्ट भएको भनिएका ३० थान ल्यापटप र १४ थान मोबाइल फोनको वास्तविक अवस्थाबारे प्रश्न उठाइएको छ । ती सामग्री साँच्चिकै जलेर नष्ट भएका हुन् वा केही कर्मचारीको मिलेमतोमा अन्यत्र लगिएको हो भन्ने विषयमा गम्भीर शंका व्यक्त गरिएको छ ।

उजुरीकर्ताले आन्दोलनबाट भएको क्षतिको आवरणमा सरकारी जिन्सी सामान कागजी प्रक्रियामार्फत नष्ट देखाएर व्यक्तिगत प्रयोगमा ल्याउने सम्भावित प्रवृत्तिको समेत अनुसन्धान गर्न माग गरेका छन् ।

असार २ गते गरिएको उजुरी असार ३ गते दर्ता भएको र हाल हेलो सीएम कक्षबाट अनुगमन भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उजुरीमा सरकारी सम्पत्तिको संरक्षणको विषयसँगै कर्मचारीतन्त्रभित्र आर्थिक अनुशासन कमजोर बन्दै गएको, अतिरिक्त सुविधा र विभिन्न प्रकारका अनियमित गतिविधि मौलाउँदै गएको आरोप पनि लगाइएको छ ।

उजुरीकर्ताले प्रदेशका कर्मचारीहरूले संघीय तहबाट प्राप्त हुने तलब, महँगी भत्ता, सञ्चय कोष, बीमा र पेन्सन सुविधाका अतिरिक्त प्रदेशबाट थप सुविधा पाइरहेको दाबी गरेका छन् ।

उजुरीअनुसार कर्मचारीहरूलाई फर्निचरसहितको आवास सुविधा उपलब्ध गराइएको छ भने इन्टरनेट, बिजुली, खानेपानी तथा सरसफाइ खर्चसमेत सरकारी कोषबाट व्यहोर्ने गरिएको उल्लेख छ ।

दैनिक खाजा खर्च, पोसाक भत्ता तथा श्रेणीगत अतिरिक्त सुविधा पनि प्रदान गरिँदै आएको दाबी गरिएको छ । संघीय सरकारबाट खटिएका प्रदेश सचिव तहका सहसचिवलाई समेत अतिरिक्त आर्थिक सुविधा उपलब्ध गराइएको विषय उजुरीमा समेटिएको छ ।

यति धेरै सेवा सुविधा हुँदाहुँदै पनि सार्वजनिक स्रोतको उपयोगमा पारदर्शिता अभाव रहेको, सरकारी खरिद प्रक्रिया, जिन्सी व्यवस्थापन, ठेक्कापट्टा तथा बोलपत्र प्रणालीमा कमिसनको चलखेल हुने गरेको आरोपसमेत उजुरीकर्ताले लगाएका छन् ।

आवश्यकता नभएका सामग्री खरिद गरेर बजेट खर्च गर्ने, बेरुजु फर्स्यौटमा उदासीनता देखाउने तथा पुराना सामग्री व्यवस्थापनमा लापरबाही हुने गरेको पनि उजुरीमा उल्लेख गरिएको छ ।

भ्रमण भत्ता, काज तथा बैठक भत्ताको दुरुपयोग हुने गरेको आरोपसमेत उजुरीमा समावेश छ ।

कामको आवश्यकता नहुँदा पनि काज मिलाउने, छोटो दूरीको यात्रालाई लामो भ्रमणका रूपमा देखाएर भत्ता लिने तथा कार्यक्रम, तालिम र गोष्ठीका नाममा अस्वाभाविक खर्च देखाउने गरिएको दाबी गरिएको छ ।

त्यसैगरी खानपिन तथा मदिरासम्बन्धी बिलमार्फत सरकारी रकम दुरुपयोग हुने गरेको, विकास आयोजनाको कन्टिन्जेन्सी रकम अपारदर्शी रूपमा खर्च हुने गरेको तथा डीपीआर, भेरिएसन र लागत अनुमान बढाएर अतिरिक्त आर्थिक लाभ लिने प्रवृत्ति मौलाएको आरोपसमेत उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीकर्ताले जनताले तिरेको करबाट सञ्चालित राज्य संयन्त्रलाई थप पारदर्शी, उत्तरदायी र मितव्ययी बनाउन तत्काल सुधारका कदम चाल्न माग गरेका छन् ।

साथै, सरकारी सम्पत्तिको संरक्षण, आर्थिक अनुशासन कायम तथा जिम्मेवार व्यक्तिको पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनसमेत माग गरिएको छ ।

प्रकाशित समय: शनिवार ६ असार, २०८३, १६:४४:४७
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०