विराटनगर । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्बभन्दा बढीको बजेट ल्याएको छ ।
शुक्रबार उपमेयर मञ्जुदेवी गुरुङले १९औं नगर सभामा ७ अर्ब १५ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।
त्यसैगरी विनियोजित बजेटमध्ये करिब ४५ प्रतिशत चालू र ५५ प्रतिशत पुँजीगत शीर्षकमा छुट्याइएको छ ।
संघ सरकारले सशर्त अनुदानमा २ अर्ब ६१ करोड, विशेष अनुदान ५ करोड ५० लाख, समपुरकमा १ करोड ८२ लाख र समानीकरण अनुदानबाट ४९ करोड ३७ लाख प्राप्त गर्ने अनुमान छ ।
स्थानीय सरकार तर्फको राजस्व बाँडफाँटमा १ अर्ब ३१ लाख र आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख उठाउने अनुमान गरिएको छ ।