विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका लागि वैदेशिक ऋण लिनु बाध्यात्मक अवस्था भएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथिको छलफलमा सांसद्हरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले ऋण लिँदैमा जहाज नै डुब्ने वा आकाश नै खस्ने अवस्था नआउने बताएका हुन्।
उनले भने,‘ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन । माननीयजीहरूबाट नै आइसक्यो । ऋण लिनु खराब होइन, ऋण लिनुपर्दछ । हाम्रो त बाध्यात्मक अवस्था नै छ । कहाँ सदुपयोग गरियो रु त्यो उल्लेख्य हो ।’
नेपालले आफैँ तिर्न सक्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको छ।
त्यसैले वैदेशिक ऋण लिने विषयलाई अत्यधिक नकारात्मक रूपमा लिएर जहाज नै डुब्छ भन्ने शैलीमा विरोध गर्नु आवश्यक नरहेको उनले टिप्पणी गरे।