विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद् हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनसँग धरानका विभिन्न योजना सम्पन्न गर्न १० करोड माग गरेका छन् ।
विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्रालयलाई आज पत्र लेख्दै धरान उपमहानगरपालिका फोकल्याण्डमा प्रदेश स्तरीय नास्ट नेशनल एकेडेमी अफ साइन्स टेक्नोलोजी भवन निर्माण गर्न बजेट नरहेको भन्दै निर्माणाधीन भवनका लागि कम्तीमा १० करोड रुपैँया सम्पन्न हुने गरी अबण्डा बजेटबाट उपलब्ध गराउन माग गरेका हुन् ।
