सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ असार, २०८३
९ घण्टाअघि

विराटनगर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा रहेका कर्मचारी आबद्ध संघ-संगठन तथा पेसागत संस्थाका कार्यालय हटाउन सात दिने अल्टिमेटम दिएको छ।

कार्यालयले जारी गरेको सूचनामा संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका तथा विभिन्न सरकारी र सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध गैरसरकारी प्रकृतिका प्राविधिक, पेसागत संघ–संगठन तथा संस्थाका कार्यालय सरकारी भवनभित्र सञ्चालन गर्न नमिल्ने जनाएको छ।

सूचनाअनुसार यस्ता संघ–संस्थाका केन्द्रीय, प्रादेशिक, जिल्ला, सम्पर्क तथा एकाइ कार्यालयहरूले सरकारी भवनभित्र राखिएका कार्यालय, साइनबोर्ड तथा अन्य संरचना सात दिनभित्र हटाई निजी वा भाडामा लिइएको भवनमा स्थानान्तरण गर्नुपर्नेछ।

स्थानान्तरणपछि त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई समेत यस्ता संघ–संस्थाले प्रयोग गरिरहेका बोर्ड, कक्ष तथा अन्य संरचना हटाई सम्बन्धित क्षेत्र खाली गराउन आग्रह गरेको छ।

प्रशासकीय अधिकृत तीर्थराज कटेलद्वारा जारी सूचनामा तोकिएको समयभित्र कार्यालय स्थानान्तरण नगरी सरकारी संरचनाभित्रै सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

प्रकाशित समय: मङ्गलबार २ असार, २०८३, १५:५१:२३
‘नो जी–सेभेन’ भन्दै जेनेभामा विशाल प्रदर्शन
मङ्गलबार २ असार, २०८३
डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या
मङ्गलबार २ असार, २०८३
सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम
मङ्गलबार २ असार, २०८३
अमेरिका–इरान सम्झौतामा हस्ताक्षर सम्पन्न
मङ्गलबार २ असार, २०८३
राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
मङ्गलबार २ असार, २०८३
सन्तोष साह हाजिरी जमानीमा रिहा
मङ्गलबार २ असार, २०८३
विराटनगरमा ‘बृहत् सनातन सम्मेलन’ आयोजना हुँदै
मङ्गलबार २ असार, २०८३
उपाधि दाबेदार मानिएको स्पेन केप भेर्डेसँग बराबरीमा रोकियो
मङ्गलबार २ असार, २०८३
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०