विराटनगरमा ‘बृहत् सनातन सम्मेलन’ आयोजना हुँदै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ असार, २०८३
२ महिनाअघि

विराटनगर । सनातन सभ्यता, संस्कृति तथा धार्मिक सहिष्णुताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मोरङको विराटनगरमा आगामी असार ६ गते शनिबार ‘बृहत् सनातन सम्मेलन’ आयोजना हुने भएको छ।

आयोजकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार “सनातन संस्कृतिको शान, हिन्दु, बौद्ध, किराँतको साझा पहिचान” भन्ने मूल नारासहित सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलनले नेपालमा सदियौँदेखि कायम धार्मिक सद्भाव, सहअस्तित्व र सहिष्णुताको परम्परालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

सम्मेलनमा नेपाल तथा भारतका चर्चित आध्यात्मिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ। प्रमुख अतिथिका रूपमा भारतका स्वामी अवधेशनन्द गिरी महाराज सहभागी हुनेछन्। यस्तै अन्तर्राष्ट्रिय बौद्ध महासंघ, नेपाल च्याप्टरका अध्यक्ष श्रद्धेय फुन्छोक छेम्बे रिन्पोछे (थुप्तेन जिग्दोल) तथा किराँत धर्मका प्रमुख गुरु श्रद्धेय महिडुङ्मा अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘महेन्द्र’को पनि सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलन असार ६ गते बिहान ११ः३० बजेदेखि विराटनगर महानगरपालिका–१ स्थित जिल्ला प्रहरी कार्यालय मोरङसँगैको मैदानमा सञ्चालन हुनेछ। कार्यक्रममा देशका विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय तहबाट हजारौँ श्रद्धालु, धर्मप्रेमी र सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।

यो सम्मेलन कुनै एक समुदाय वा सम्प्रदायमा सीमित नभई राष्ट्रिय एकता, सामाजिक सद्भाव र आध्यात्मिक चेतनाको साझा मञ्चका रूपमा आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। सम्मेलनलाई सफल बनाउन सम्पूर्ण धर्मप्रेमी, राष्ट्रप्रेमी, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा आम नागरिकलाई उपस्थितिका लागि आग्रह गरिएको छ।

प्रकाशित समय: मङ्गलबार २ असार, २०८३, ०९:०४:३५
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०