सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १ असार, २०८३
२ महिनाअघि

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका सडक पेटीमा रहेका प्रहरी पोष्टसहित सबै प्रकारका अवरोध तथा अतिक्रमण हटाउन गृह मन्त्रालय, काठमाडौं महानगरपालिका लगायत सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले जारी गरेको फैसलाको पूर्णपाठमा सडक पेटी पैदलयात्रीको संवैधानिक अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै अतिक्रमण हटाउन निर्देशन दिएको हो।

अदालतले प्रहरी पोष्ट, भर्‍याङ, निर्माण सामग्री, व्यापारिक सामग्री तथा निजी व्यक्ति, कम्पनी वा संस्थाले सडक पेटीमा गरेका सबै प्रकारका अतिक्रमण हटाउन सम्बन्धित निकायलाई आदेश दिएको छ। साथै सडक पेटी अतिक्रमणका कारण पैदलयात्रीलाई कुनै क्षति पुगेमा सम्बन्धित निकायबाट क्षतिपूर्ति माग्न सकिने व्यवस्था पनि स्पष्ट गरेको छ।

फैसलामा सडक पेटी अवरुद्ध हुँदा पैदलयात्री सडकमै हिँड्न बाध्य हुने, दुर्घटनाको जोखिम बढ्ने तथा नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रभावित हुने उल्लेख गरिएको छ।

सर्वोच्च अदालतले सडक पेटीको नियमित व्यवस्थापन, खुला ढल तथा जोखिमयुक्त संरचनाको निगरानी र मर्मतसम्भार गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। यस्ता समस्याबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति रोक्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको अदालतको ठहर छ।

अदालतको यो आदेशसँगै काठमाडौंका सडक पेटीमा वर्षौंदेखि रहेका विभिन्न संरचना तथा अतिक्रमण हटाउने विषय पुनः चर्चामा आएको छ। पैदलयात्रीको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायले अब प्रभावकारी कार्यान्वयन गर्नुपर्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय: सोमबार १ असार, २०८३, १६:०६:१६
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०