पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३१ जेठ, २०८३
१६ घण्टाअघि

विराटनगर । झापाको मेचीनगर–४ बाहुनडाँगीमा आइतबार बिहान जंगली हात्तीको आक्रमणमा ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएपछि मानव–हात्ती द्वन्द्वको पुरानो समस्या फेरि एकपटक सतहमा आएको छ । वर्षौंदेखि हात्ती आतंक झेल्दै आएका स्थानीयले घटनापछि राज्यको उदासीनताप्रति आक्रोश व्यक्त गर्दै दीर्घकालीन समाधानको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान करिब ४ः५५ बजे पूजा–आराधनाका लागि फूल टिप्न घरबाट निस्किएकी पौडेलमाथि जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार हरेक बिहान नियमित पूजा गर्ने र त्यसपछि ‘ओम शान्ति’ केन्द्रमा ध्यानका लागि जाने गरेकी पद्मा बिर्तामोडमा बस्दै आएकी थिइन् । उनी एक दिनअघि मात्रै बाहुनडाँगीस्थित पुर्ख्यौली घरमा पुगेकी थिइन् । तर, बिहानको नियमित धार्मिक कर्म नै उनको जीवनको अन्तिम यात्रा बन्यो ।

यस घटनाले पौडेल परिवारमा दोस्रो ठूलो पीडा थपिएको छ । उनका छोरा सन्तोष पौडेलका अनुसार १५ वर्षअघि उनका पिता यादव पौडेलको इनारमा खसेर मृत्यु भएको थियो । अहिले आमालाई पनि हात्तीको आक्रमणमा गुमाउनुपर्दा परिवार शोकमा डुबेको छ ।

“बुबालाई पहिले गुमायौं, अहिले आमालाई पनि हात्तीले लग्यो। हामी त वर्षौंदेखि हात्तीको त्रासमा बाँचिरहेका छौं,” उनले भावुक हुँदै भने ।

घटनापछि स्थानीयवासी सडकमा उत्रिएका छन् । उनीहरूले प्रशासन र सम्बन्धित निकायविरुद्ध नाराबाजी गर्दै मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि प्रभावकारी योजना बनाउन माग गरेका छन् । स्थानीय सन्तोष अधिकारीका अनुसार बाहुनडाँगीमा हात्तीको समस्या नयाँ होइन ।

“हरेक वर्ष बाली नष्ट हुन्छ, घर भत्किन्छ, मानिस घाइते हुन्छन्, कतिपयले ज्यानसमेत गुमाउँछन् । तर स्थायी समाधानका लागि ठोस पहल कहिल्यै भएन,” उनले भने ।

स्थानीयका अनुसार पद्माको मृत्यु भएको केही समयपछि फेरि गाउँनजिकै हात्ती देखिएको थियो, जसले बस्तीमा थप त्रास फैलाएको छ । मानिसहरू बिहान र बेलुका घरबाहिर निस्कन समेत डराउन थालेका छन् ।

भारतसँग सीमा जोडिएको बाहुनडाँगी क्षेत्र मानव–हात्ती द्वन्द्वका हिसाबले देशकै सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक मानिन्छ । भारतीय जंगलबाट नेपाल प्रवेश गर्ने जंगली हात्तीका बथानले वर्षौंदेखि मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएका छन् । विभिन्न समयमा विद्युतीय बार, हात्तीमैत्री करिडोर र अन्य नियन्त्रणका उपायबारे चर्चा भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा स्थानीय अझै असुरक्षित महसुस गरिरहेका छन् ।

प्रकाशित समय: आईतबार ३१ जेठ, २०८३, १०:४८:४७

सम्बन्धित खबर

‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’

आईतबार ३१ जेठ, २०८३
१० घण्टाअघि

च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा

आईतबार ३१ जेठ, २०८३
११ घण्टाअघि

कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 

आईतबार ३१ जेठ, २०८३
१२ घण्टाअघि

इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

आईतबार ३१ जेठ, २०८३
१३ घण्टाअघि

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

आईतबार ३१ जेठ, २०८३
१६ घण्टाअघि

परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै, यस्ता छन् भ्रमणका उद्देश्य

आईतबार ३१ जेठ, २०८३
१९ घण्टाअघि
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा
आईतबार ३१ जेठ, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै, यस्ता छन् भ्रमणका उद्देश्य
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०