नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे उच्चस्तरीय बैठक सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३० जेठ, २०८३
२ महिनाअघि

विराटनगर । नेपाल-भारत सीमापार रेलवे परियोजनासम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न भएको छ।

भारतीय दूतावासका अनुसार जेठ २८ र २९ गते आयोजित १०औँ परियोजना निर्देशक समिति र ८औँ संयुक्त कार्यदल बैठकमा सञ्चालनमा रहेका तथा प्रस्तावित रेल परियोजनाहरूको प्रगति समीक्षा गरिएको हो।

बैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माणाधीन जयनगर–विजलपुरा–बर्दिबास र जोगबनी–विराटनगर ब्रोडगेज रेलमार्गको कार्यान्वयन अवस्थाबारे छलफल भएको थियो।

साथै सीमापार रेल सेवा विस्तार, द्विपक्षीय सहकार्य सुदृढीकरण तथा रक्सौल–काठमाडौं रेल लिंकको अन्तिम सर्वेक्षण प्रतिवेदनबारे पनि विचार–विमर्श गरिएको दूतावासले जनाएको छ।

त्यस्तै जनकपुर–अयोध्या यात्रु रेल सेवा सञ्चालन प्रक्रिया, पूर्व–पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग र थप सीमापार रेल परियोजनाको सम्भावनाबारे पनि छलफल भएको थियो।

भारतीय पक्षको नेतृत्व विदेश मन्त्रालयका सहसचिव रोहित रथीश र रेल मन्त्रालयका कार्यकारी निर्देशक प्रदीप ओझाले गरेका थिए ।

नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले गरेका थिए।

प्रकाशित समय: शनिवार ३० जेठ, २०८३, १५:१३:३५
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०