मन्त्रिपरिषद्को निर्णय : ३० वर्षपछि थन्किएको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २९ जेठ, २०८३
११ घण्टाअघि

काठमाडौं । विगत ३१ वर्षदेखि कार्यान्वयन हुन नसकेको रावल आयोग प्रतिवेदन–२०५२ अन्ततः कार्यान्वयनमा जाने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई आधार मान्दै “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)” को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो।
सरकारले देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख तयार गरी संरक्षण गर्ने निर्णयसमेत गरेको छ। उक्त निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
सरकारको निर्णयसँगै तत्कालीन काठमाडौं महानगर क्षेत्रका ३५ वडाभित्र अतिक्रमणमा परेका करिब १ हजार ८ सय ५९ रोपनीभन्दा बढी सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया अगाडि बढ्ने भएको छ। साथै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्ने व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही गर्ने बाटोसमेत खुलेको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल ले रावल आयोगको प्रतिवेदन धेरैअघि नै कार्यान्वयन हुनुपर्ने भए पनि विभिन्न कारणले रोकिएको बताउँदै अब भने कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिइन्।
रावल आयोगले अध्ययन गर्दा काठमाडौं महानगर क्षेत्रमा रहेको १८ हजार ९४१ रोपनीभन्दा बढी सरकारी तथा सार्वजनिक जग्गामध्ये करिब १० प्रतिशत अर्थात् १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमा परेको तथ्य फेला पारेको थियो। आयोगका अनुसार ८ हजारभन्दा बढी व्यक्तिले २ हजार ७० कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको अवस्था थियो।
तत्कालीन सरकारले २०५० सालमा पूर्वसचिव रामबहादुर रावल को अध्यक्षतामा आयोग गठन गरेको थियो। आयोगले विस्तृत अध्ययनपछि २०५२ सालमा प्रतिवेदन बुझाए पनि राजनीतिक तथा प्रशासनिक उदासीनताका कारण कार्यान्वयन हुन सकेको थिएन।
पछि अधिवक्ता प्रकाशमणि शर्मा लगायतले प्रतिवेदन कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसपछि सर्वोच्च अदालतले २०६७ सालमा सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न तथा देशभरका अतिक्रमित सरकारी जग्गाको छानबिन गरी कानुनी कारबाही गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो।
तर सर्वोच्चको आदेशपछि पनि विभिन्न सरकारले कार्यान्वयनमा चासो नदिँदा प्रतिवेदन तीन दशकसम्म थन्किएको थियो। हाल सरकारले प्रतिवेदन कार्यान्वयनको निर्णय गरेसँगै सार्वजनिक सम्पत्ति संरक्षण, सुशासन प्रवर्द्धन र विधिको शासन कार्यान्वयनतर्फ महत्वपूर्ण कदम चालिएको बताइएको छ।

प्रकाशित समय: शुक्रबार २९ जेठ, २०८३, १५:२४:३६

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनालको चीन भ्रमणको औपचारिक तालिका सार्वजनिक

शुक्रबार २९ जेठ, २०८३
१२ घण्टाअघि

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

शुक्रबार २९ जेठ, २०८३
१४ घण्टाअघि

बजेटमा चुहावट भएको भन्दै पुनले मागे संसदीय छानबिन समिति

शुक्रबार २९ जेठ, २०८३
१५ घण्टाअघि

महिला अधिकार र हिंसाविरुद्ध बोल्न सक्ने क्षमता विकासका लागि उद्घोषण तालिम सम्पन्न

शुक्रबार २९ जेठ, २०८३
१६ घण्टाअघि

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक

शुक्रबार २९ जेठ, २०८३
१८ घण्टाअघि

अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग

बिहिबार २८ जेठ, २०८३
१ दिनअघि
मन्त्रिपरिषद्को निर्णय : ३० वर्षपछि थन्किएको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने
शुक्रबार २९ जेठ, २०८३
परराष्ट्रमन्त्री खनालको चीन भ्रमणको औपचारिक तालिका सार्वजनिक
शुक्रबार २९ जेठ, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
शुक्रबार २९ जेठ, २०८३
बजेटमा चुहावट भएको भन्दै पुनले मागे संसदीय छानबिन समिति
शुक्रबार २९ जेठ, २०८३
महिला अधिकार र हिंसाविरुद्ध बोल्न सक्ने क्षमता विकासका लागि उद्घोषण तालिम सम्पन्न
शुक्रबार २९ जेठ, २०८३
विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक
शुक्रबार २९ जेठ, २०८३
अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग
बिहिबार २८ जेठ, २०८३
सरकारले शिक्षा,स्वास्थ्यमा कर लगाएकोमा सत्ता पक्षकै सांसद खरेलले गरे आलोचना
बिहिबार २८ जेठ, २०८३
भन्सार छलेर ल्याइएका १४ थान आइफोन बरामद
बिहिबार २८ जेठ, २०८३
सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला ५ हजार १ सय रुपैयाँले घट्यो
बिहिबार २८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०