कोशी सरकारले करिब ३८ अर्बको बजेट ल्याउने तयारी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २७ जेठ, २०८३
८ घण्टाअघि

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि करिब ३८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपका अनुसार चालू आर्थिक वर्षको तुलनामा करिब २ अर्ब बढी बजेट ल्याइनेछ। खर्च कार्यान्वयन दर घटेकाले नगद मौज्दात बढ्नुका साथै संघीय अनुदान पनि वृद्धि भएकाले बजेट आकार बढ्ने अनुमान गरिएको हो।

सरकारले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाउने तयारी गरेको छ। साथै संघीय बजेटका केही नीतिगत व्यवस्थालाई ध्यानमा राख्दै निम्न मध्यम वर्ग र सुकुम्बासी लक्षित राहत कार्यक्रम पनि ल्याइने बताइएको छ।

गत आर्थिक वर्षमा करिब ८० प्रतिशत बजेट खर्च भए पनि चालू आर्थिक वर्षमा करिब ७० प्रतिशत मात्र खर्च हुने अनुमान छ। वैशाख मसान्तसम्म प्रदेश सरकारको संचित कोषमा करिब १२ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी नगद मौज्दात रहेको जनाइएको छ।

चालू आर्थिक वर्षको बजेट ३६ अर्ब २ करोड रुपैयाँ रहेको थियो।

प्रकाशित समय: बुधबार २७ जेठ, २०८३, १४:३२:५६

सम्बन्धित खबर

अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य

बुधबार २७ जेठ, २०८३
५ घण्टाअघि

सांसद् खुश्बु ओलीलाई ज्यान मार्ने र बलात्कारको धम्की, कारबाही गर्ने गृहमन्त्रीको आश्वासन

बुधबार २७ जेठ, २०८३
५ घण्टाअघि

कक्षा–११ का विद्यार्थीलाई एभरेष्ट स्कुलको अभिमुखीकरण, लक्ष्यसहित अघि बढ्न प्रेरणा

बुधबार २७ जेठ, २०८३
५ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री

बुधबार २७ जेठ, २०८३
६ घण्टाअघि

अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, गल्ती नभए छानबिन समिति बनाउन किन हिचकिचाहट ?

बुधबार २७ जेठ, २०८३
८ घण्टाअघि

विपक्षको छानबिन मागलाई अर्थमन्त्रीको अस्वीकार

बुधबार २७ जेठ, २०८३
९ घण्टाअघि
अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य
बुधबार २७ जेठ, २०८३
सांसद् खुश्बु ओलीलाई ज्यान मार्ने र बलात्कारको धम्की, कारबाही गर्ने गृहमन्त्रीको आश्वासन
बुधबार २७ जेठ, २०८३
कक्षा–११ का विद्यार्थीलाई एभरेष्ट स्कुलको अभिमुखीकरण, लक्ष्यसहित अघि बढ्न प्रेरणा
बुधबार २७ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री
बुधबार २७ जेठ, २०८३
अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, गल्ती नभए छानबिन समिति बनाउन किन हिचकिचाहट ?
बुधबार २७ जेठ, २०८३
कोशी सरकारले करिब ३८ अर्बको बजेट ल्याउने तयारी
बुधबार २७ जेठ, २०८३
विपक्षको छानबिन मागलाई अर्थमन्त्रीको अस्वीकार
बुधबार २७ जेठ, २०८३
टोखामा गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोडको क्षति
बुधबार २७ जेठ, २०८३
विराटनगर विमानस्थलमा चर्को मूल्य असुल्ने ४ क्याफेलाई जरिवाना
बुधबार २७ जेठ, २०८३
सुदन गुरुङलाई पुन नियुक्ति गर्नु शुसासन माथिको भद्दा मजाक : ऐनबहादुर महरले
बुधबार २७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०