सुदन गुरुङलाई पुन नियुक्ति गर्नु शुसासन माथिको भद्दा मजाक : ऐनबहादुर महरले

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २७ जेठ, २०८३
१४ घण्टाअघि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङ लाई नियुक्त गर्नु सुशासनको भद्दा मजाक भएको टिप्पणी गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा पुरानै र जनस्तरबाट अस्वीकृत शैली अपनाइरहेको आरोप लगाए।

उनले गृहमन्त्रीसँग सम्बन्धित सम्पत्ति विवरणबारे उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्नुपर्नेमा सरकारले आफ्नै मातहतमा आयोग गठन गरेर आरोपितहरूलाई चोख्याउने प्रयास गरेको दाबी गरे।

“सरकारले सुशासनको कुरा गर्छ, तर ज्वलन्त प्रश्न उठेपछि आफैँ आयोग बनाउने, आफैँ म्यान्डेट दिने र त्यसैबाट आफूलाई सफाइ दिने प्रयास गरिरहेको छ,” महरले भने, “यो सुशासनको नमुना होइन, सुशासनको भद्दा मजाक हो।”

महरले सरकारको पछिल्लो कार्यशैली विडम्बनापूर्ण, दुःखद र अचम्मलाग्दो भएको टिप्पणी गर्दै निष्पक्ष छानबिनका लागि संसदीय संयन्त्रमार्फत अनुसन्धान हुनुपर्ने बताए।

उनले विशेषगरी अर्थ मन्त्रालयसँग सम्बन्धित पछिल्ला विवादमा गम्भीर प्रश्न उठाउँदै बिवाइडी गाडी आयातमा भएको भनिएको कर छली तथा आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयलाई ‘नीतिगत भ्रष्टाचार’ र ‘राज्यविरुद्धको अपराध’को संज्ञा दिए।

विपक्षी दलहरूले सरकारले गठन गरेका छानबिन संयन्त्रबाट निष्पक्ष नतिजा आउनेमा विश्वास गर्न नसकिने भन्दै संसद्को मातहतमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्‍याएका छन्।

प्रकाशित समय: बुधबार २७ जेठ, २०८३, ०८:१७:३०

सम्बन्धित खबर

अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य

बुधबार २७ जेठ, २०८३
५ घण्टाअघि

सांसद् खुश्बु ओलीलाई ज्यान मार्ने र बलात्कारको धम्की, कारबाही गर्ने गृहमन्त्रीको आश्वासन

बुधबार २७ जेठ, २०८३
५ घण्टाअघि

कक्षा–११ का विद्यार्थीलाई एभरेष्ट स्कुलको अभिमुखीकरण, लक्ष्यसहित अघि बढ्न प्रेरणा

बुधबार २७ जेठ, २०८३
५ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री

बुधबार २७ जेठ, २०८३
६ घण्टाअघि

अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, गल्ती नभए छानबिन समिति बनाउन किन हिचकिचाहट ?

बुधबार २७ जेठ, २०८३
८ घण्टाअघि

कोशी सरकारले करिब ३८ अर्बको बजेट ल्याउने तयारी

बुधबार २७ जेठ, २०८३
८ घण्टाअघि
अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य
बुधबार २७ जेठ, २०८३
सांसद् खुश्बु ओलीलाई ज्यान मार्ने र बलात्कारको धम्की, कारबाही गर्ने गृहमन्त्रीको आश्वासन
बुधबार २७ जेठ, २०८३
कक्षा–११ का विद्यार्थीलाई एभरेष्ट स्कुलको अभिमुखीकरण, लक्ष्यसहित अघि बढ्न प्रेरणा
बुधबार २७ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री
बुधबार २७ जेठ, २०८३
अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, गल्ती नभए छानबिन समिति बनाउन किन हिचकिचाहट ?
बुधबार २७ जेठ, २०८३
कोशी सरकारले करिब ३८ अर्बको बजेट ल्याउने तयारी
बुधबार २७ जेठ, २०८३
विपक्षको छानबिन मागलाई अर्थमन्त्रीको अस्वीकार
बुधबार २७ जेठ, २०८३
टोखामा गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोडको क्षति
बुधबार २७ जेठ, २०८३
विराटनगर विमानस्थलमा चर्को मूल्य असुल्ने ४ क्याफेलाई जरिवाना
बुधबार २७ जेठ, २०८३
सुदन गुरुङलाई पुन नियुक्ति गर्नु शुसासन माथिको भद्दा मजाक : ऐनबहादुर महरले
बुधबार २७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०