विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।
उनले आजै दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । उनी म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए ।
उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए । यसअघि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए ।