विराटनगर । विपक्षी दलहरूको विरोध कायमै रहेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति संसदकाे रेकर्डबाट हटाउनुपर्ने तथा सदनको रोष्ट्रममा आएर माफी नमागेसम्म संसद सञ्चालन हुन नदिने अडान लिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
विपक्षी दलका सांसद्हरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यसअघिका संसद बैठक पनि अवरोध गर्दै आइरहेका छन् ।