विराटनगर ।पूर्वगृहमन्त्री सुधन गुरुङले आफूबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबाट सफाइ पाएर फेरि गृहमन्त्री बनेमा दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
आज राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा जिल्ला अधिवेशनमा भाग लिन गोरखा पुगेका उनले छानबिन गर्न गठित समितिको प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी रहेको बताए ।
उनले भने, ‘यदि म पुनः गृहमन्त्री बनेँ भन तस्बिर खिच्न र मन्त्रालयमा बधाई दिन नआउनुहोला ।’
उनीमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छानबिन प्रतिवेदन पेस गरिसकेको छ ।
मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति बनाएको थियो ।