दुहबी नगरपालिकाद्वारा १२९ घरपरिवारलाई सुधारिएको चुलो वितरण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २२ जेठ, २०८३
२ महिनाअघि

विराटनगर । दुहबी नगरपालिकाले जलवायु परिवर्तनको प्रभावबाट जोखिममा परेका नगरभित्रका १२९ घरपरिवारलाई सुधारिएको फलामे चुलो वितरण गरेको छ।

नगरप्रमुख बेदनारायण गच्छादारले एक कार्यक्रमका बीच तीन लेयरयुक्त सुधारिएको फलामे चुलो लाभग्राही परिवारलाई हस्तान्तरण गरेका हुन्।

परम्परागत रूपमा प्रयोग हुँदै आएका दाउरा, गुइँठा लगायतका इन्धनको खपत घटाउँदै वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यले चुलो वितरण गरिएको नगरपालिकाले जनाएको छ।

उक्त कार्यक्रम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ८० प्रतिशत अनुदान, दुहबी नगरपालिकाको १५ प्रतिशत अनुदान तथा सेवाग्राहीको ५ प्रतिशत साझेदारीमा सञ्चालन गरिएको हो।

नगरप्रमुख गच्छादारले सुधारिएको चुलोको प्रयोगले इन्धनको बचत हुनुका साथै धुवाँको असर कम हुने, स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र वातावरण संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

नगरपालिकाले आगामी दिनमा पनि वातावरणमैत्री तथा ऊर्जा दक्ष प्रविधिको विस्तार गर्दै नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित समय: शुक्रबार २२ जेठ, २०८३, १२:३७:३९
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०