बैंक कर्जा दुरुपयोग आरोपमा जानकी मेडिकल कलेजका प्रमुख पाण्डे पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २१ जेठ, २०८३
४ महिनाअघि

विराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक कर्जा दुरुपयोग गरेको आरोपमा ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ।

सीआईबीले बुधबार उनलाई जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पाण्डेले बर्दिबास नगरपालिका-६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि’ नामक कम्पनी स्थापना गरी प्रभु बैंक बाट कर्जा लिएका थिए।

अनुसन्धानका क्रममा कम्पनीको विस्तृत परियोजना प्रतिवेदन नभएको अवस्थामा धितोको अस्वाभाविक रूपमा उच्च मूल्यांकन गराई कर्जा स्वीकृत गराइएको खुलेको छ।

प्रहरीले पाण्डेमाथि बैंकबाट प्राप्त कर्जा तोकिएको उद्देश्यमा प्रयोग नगरी अन्य क्षेत्रमा लगानी गर्दै पटक–पटक दुरुपयोग गरेको आरोप लगाएको छ।

ओमप्रसाद पाण्डे काठमाडौं महानगरपालिका-९, रातोपुल निवासी हुन्। उनी राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष तथा उक्त कम्पनीका एकल सञ्चालक समेत रहेका छन्।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उच्च अदालत पाटन बाट २०८२ मंसिर २८ गते जारी भएको पक्राउ पुर्जीपछि फरार रहेका पाण्डेलाई पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित समय: बिहिबार २१ जेठ, २०८३, ११:३६:००
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०