विराटनगर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि संघीय संसद पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
आज ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रममा उनले जातीय विभेदको अन्त्य सरकार वा कुनै एक निकायको मात्र नभई राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र र सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताए ।
विभेद उन्मूलनका लागि सामाजिक चेतना, कानुनी कार्यान्वयन र आर्थिक सशक्तीकरणलाई तीन मुख्य स्तम्भका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।