विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबीन आयोगलाई बयान नदिने बताएका छन् ।
काठमाडौँमा आजबाट सुरु भएको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै उनले आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने बताए ।
उनले भने,‘यो राज्यद्रोह हो, विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ ।’ आगो लगाएर खरानी बनाएर पुगेन सम्पत्ति विवरण रु ओलीले आक्रोशित हुँदै भने ‘के को सम्पत्ति विवरण छानबिन गर्ने भए खरानी उठाएर लैजानु ।’
विपक्षीलाई फसाउन आयोग गठन गरिएकाले बयान नदिने बताए ।