विराटनगर । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द् शाहलाई नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।
राष्ट्रियसभा बैठकमा सोमबार पार्टीको तर्फबाट आकस्मिक समय लिएर सांसद रञ्जित कर्णले प्रधानमन्त्रीलाई २४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्गा मिचेको छ जानकारी गराउन माग गरेका हुन् ।
यसैगरी, उनले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे छानबिन गर्न संसदीय समिति गठन गर्नसमेत माग गरेका छन्।
यसअघि प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएका थिए, जसलाई लिएर राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।