विराटनगर । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
त्यसैगरी, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५अमेरिकी डलर र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ अमेरिकी डलर पुग्ने देखिएको छ।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी, करिब २ हजार ६ सय ४४ अमेरिकी डलर रहने अनुमान गरिएको छ भने मधेश प्रदेशको सबैभन्दा कम, करिब ९३४ अमेरिकी डलर रहने देखिएको छ।