मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १२ जेठ, २०८३
४ महिनाअघि

विराटनगर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद् प्रतिकार्यका लागि २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने योजना सार्वजनिक गरेको छ।

कार्यकारी समितिको ३४औँ बैठकबाट स्वीकृत ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई विपद् उद्धार तथा राहत कार्यमा परिचालन गरिने भएको हो।

Advertisement

वैशाख ३१ गते पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वमा बसेको कार्यकारी समितिको बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको थियो।

विगतका विपद्का तथ्यांकको विश्लेषण गर्दै यस वर्ष मनसुनबाट हुन सक्ने जोखिमको पूर्वानुमान गरी विभिन्न मन्त्रालय र सुरक्षा निकायको जिम्मेवारी निर्धारण गरिएको छ।

कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्बाट करिब ५१ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

विपद् व्यवस्थापनका लागि जिल्ला, प्रदेश र केन्द्र तहको कोषमा गरी ७ अर्ब ५६ करोड रुपैयाँ मौज्दात रहेको प्राधिकरणले जनाएको छ।

उक्त रकम प्राधिकरणको समन्वयमा उद्धार, राहत तथा विपद् प्रतिकार्यमा खर्च गरिनेछ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०