मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ११ जेठ, २०८३
४ महिनाअघि

रुकुमपश्चिम । आफ्नी भाइ बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान थालेको छ ।

घटना रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ को हो । आठबिसकोट नगरपालिकाकी एक महिलाले कर्णबहादुर खड्कासँग भागी विवाह गरेकी थिइन् ।

Advertisement

विवाहलगत्तै कर्णबहादुर रोजगारीका लागि भारत गए । सोही मौकामा जेठाजु राजकुमार खड्का र गाउँका ससुरा नाता पर्ने नवराज खड्काले उनीमाथि जबरजस्ती करणी गरेका हुन् ।

उनको पेटमा चार महिनाको गर्भ छ । पीडितले दुवै जनाविरुद्ध प्रहरीमा जाहेरी दिएकोमा बच्चा कसको हो भन्ने खुल्न सकेको छैन ।

प्रहरीले जेठाजु खड्काउपर अनुसन्धान गरिरहेको छ । ससुरा पर्ने खड्का भने मलेसिया फरार भएका छन् । पीडित महिलाका अनुसार ससुराले झोलिलो पेय पदार्थ खुवाएर आफूमाथि बलात्कार गरेका हुन् ।

उनले भनिन्, ‘उहाँ मोबाइल चार्ज गर्ने निहुँमा मेरो घरमा आउनुभएको थियो । सोही मौकामा झोलिलो पदार्थ खुवाएर अर्धचेत भएपछि उहाँले ममाथि बलात्कार गर्नुभएको हो ।’

जिप्रकाका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार राजकुमार नभई किरण खड्का पक्राउ परेका छन् ।

बलात्कारको कसुरमा पक्राउ परेका उनको घर सानीभेरी गाउँपालिका–९ हो । उनले भने, ‘राजकुमार भन्ने छैनन्, किरण खड्का भने गत वैशाख २९ गते समातिएका छन् । उनी सानीभेरीकै हुन् । अदालतबाट म्याद थप गरेर हामीले अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०