विराटनगर । सुन्धारास्थित केन्द्रीय कारागारको पर्खाल नाघेर फरार भएकी सपना तामाङ पक्राउ परेकी छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुकिछिपि बसेको अन्वस्थामा उनलाई असनबाट गएराति पक्राउ गरेको हो ।
अपहरण, हत्या र डकैती मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएकी उनी शुक्रबार कारागारको पर्खालबाट भागेकी थिइन् ।
त्यसको १२ घन्टापछि मात्र जेल प्रशासनले थाहा पाएको थियो । तामाङको जेलब्रेक बारे छानबिन गर्न कारागार प्रशासनले छानबिन समिति पनि गठन गरेको छ ।
उनलाई भगाउन सहयोग गर्ने भोजपुर घर भएका २६ वर्षिय साजन श्रेष्ठलाई पनि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।प्रारम्भिक छानबिनमा श्रेष्ठ युवतीको प्रेमी भएको खुलेको छ ।