विराटनगर । इजरायल र लेबनान बीच जारी द्वन्द्वका बीच दुवै पक्ष आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएका छन्।
अमेरिकी विदेश विभागका अनुसार वासिङ्टनमा भएको शान्ति वार्ता सकारात्मक रहेको र जुन २–३ मा थप राजनीतिक वार्ता हुने तय भएको छ।
साथै, मे २९ मा पेन्टागनमा “सुरक्षा ट्र्याक” बैठक आयोजना गरिनेछ, जहाँ दुवै देशका अधिकारी सहभागी हुनेछन्।